
दाङ, २७ मंसिर । दाङमा जन्ती सवार जिप र यात्रु बस ठोक्किँदा बेहुलाका बुबा आमा सहित ६ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–९ रिहारमा बिहीबार विहान भएको दुर्घटनामा बेहुलाका बुबाआमा बाँकेको राप्ती सोनारी गाउँपालिका–८ का ६ जनाको ज्यान गएको हो ।
बेहुला बेहुली भने अर्को जीपमा रहेकोले जोगिएका छन । चितवनको गीतानगरबाट बेहुली लिएर बाँकेको सम्मेरगञ्ज फर्कदै गरेको बा १२ च ३१२२ नम्बरको स्कार्पियो जीप र महेन्द्रनगरबाट काठमाडौँ तर्फ जाँदै गरेको ना ५ ख ४०९० नम्बरको बस ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ । दुर्घटनामा घाइते भएका दुई जनाको कोहलपुरमा उपचार भैरहेको छ ।
कमेन्ट गर्नुहोस्
