लमजुङमा फेरी भुकम्पको धक्का महसुस

Share:

पुस २९, लमजुङ। श्यामशितल परियार । लमजुङमा भुकम्पको धक्का महसुस भएको छ लमजुङको सिम्पानीलाई केन्द्रबिन्दु बनाएर आईतबार दिउँसो ४ बजेर १ मिनेट जाँदा ३ दशमलव ४ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रको जानकारीलाई उद्धृत गर्दैै प्रजिअ झंकनाथ ढकालले जानकारी दिए ।

सिम्पानी सदरमुकाम बेसीशहर देखी ४ किमि उत्तर पश्चिममा पर्छ । प्रजिअ ढकालका अनुसार भुकम्प एकदम सानो र छोटो समय गएको हो । भुकम्प जाँदा बेसीशहरमा छोटो तर कडा झड्का महसुस भएको थियो । यसैगरी, गएको बुधबार साँझ ७ बजेर ४९ मिनेट जाँदा जिल्लाको बेसीशहर नजिक उत्तर पश्चिम साइडमा केन्द्रबिन्दु बनाएर ३ रेक्टर स्केलको भूकम्प गएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: