
२९ पुष,पोखरा । “रुपाको बृहत् बिकासका निमित्त रुपा मेला’’भन्ने मुल नाराका साथ रुपा मेला २०७५ आजदेखी सुरु भएको छ । ध्रुब तारा क्लब भिर्चोकको आयोजनामा आजदेखी सुरु भएको मेला माघ १ गतेसम्म जारी रहने छ । मेलाको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले मेला सफलताको शुभकामना व्यक्त गरे ।
पर्यटन प्रवर्दनका लागी आयोजना गरिएको मेलामा पहिलो दिन झाकी प्रदर्शनी प्रतियोगिता,प्रा.बि स्तरीय खुल्ला हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको आयोजकले जनाएको छ । प्रतियोगितामा तमु ह्युला धि तालबेसी प्रथम,शान्ती रुपा बराहथोक तमु समाज दितिय र मोहोरिया गाउँ तृतिय भएका थिए । यसैगरी प्रा.बि स्तरीय खुल्ला हाजिरजवाफ प्रतियोगितामा श्री बिश्व शान्ती मा.बि रुपा-५ प्रथम,श्री चन्द्रप्रभा मा.बि रुपा-६ द्वितीय र श्री रुपा ज्योती मा.बि रुपा-६ ले तृतीय स्थान हासिल गरेका थिए ।
साथै श्री देउराली आधारभूत विधालय रुपा-७ ले सान्तवना भएको थियो । उक्त प्रतियोगितामा ११ विधालय सहभागी भएका थिए । आयोजकका अनुसार भोलि भलिबलका खेलहरु,नृत्य प्रतियोगिता,लोक दोहोरी,हास्य प्रदर्शन, पप कन्सर्टका कार्यक्रम हरु रहेको छ।
