कम्युनिष्ट सरकारसँग जनताहरु अत्तालिए : देउवा

620
0
Share:

पर्वत । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले ओली सरकारबाट जनताले दुःख पाएको बताएका छन् । पार्टी संगठनको सुदृढीकरणको अभियानअन्तर्गत तीन दिने साविकको धौलागिरीको जिल्ला भ्रमणमा निस्किएका सभापति देउवाले सोमबार बिहान जलजला गाउँपालिकामा आयोजित एक कार्यक्रममा यस्तो बताएका हुन् ।

सभापति देउवाले कम्युनिष्ट सरकारले सुख र समृद्धिको नारा लगाएर जनतामाथि महङ्गी, भ्रष्ट्राचार र अत्याचार थोपरेको आरोप पनि लगाए । उनले काँग्रेस एक भएर अघि बढ्नुपर्ने सुझाव दिँदै भने, ‘कम्युनिष्ट सरकारसँग जनताहरु अत्तालिइसकेका छन, तपाईहरु एक भएर अघि बढ्नोस, यो देशको समृद्धि काँग्रेसकै नेतृत्वमा सम्पन्न हुन्छ ।’

यस्तै, कार्यक्रममा नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले काँग्रेसको नीति, नेतृत्व, कार्यकर्ताहरुको समर्पण र योगदानका कारण आजपनि काँग्रेस बलियो भएको उल्लेख गरे । राष्ट्रियता, लोकतन्त्र र नागरिक अधिकारका लागि काँग्रेसले विगतमा पु¥याएको योगदानलाई स्मरण गर्दैं उनले कार्यकर्ताको भावनलाई सम्मान गरेर संगठन निर्माणमा लाग्न सबैलाई आग्रह गरे ।

कमेन्ट गर्नुहोस्
Share: