
पोखरा । अहिलेसम्म प्रहरीले चालकले सवारी चलाउने क्रममा मादक पद्धार्थ सेवन (मापसे) गरेका छन् कि छैनन् ? जाँच्ने गर्थे । अब भने गाँजा सेवन गरे नगरेको पनि जाँच गरिने भएको छ । चालकले मुख आँ गरेर श्वास फेरे पुग्नेमा गाँजा सेवन गरेको शंका लागेमा प्रहरीले पिशाव नै फेर्न लगाउनेछ ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पोखरामा प्रहरीले पोखराको डाँडाको नाकमा बिहीबार लागुपदार्थ सेवन चेक गरेको हो । बिहिबार जम्मा १९ सवारी चालकलाई चेक गर्दा त्यसमध्य पाँच जनाले लागुपर्दार्थ सेवन गरेर सवारी चलाएको भेटिएको थिए । चेकीङबाट लागुपदार्थ सेवन गरेको पुष्टी भएका सबैलाई कानुनी कारवाही गरिने प्रहरीले जनाएको छ ।

अब २ वर्ष अगाडि गाँजा खाएको पनि प्रहरीले पत्ता लगाउँछ
प्रहरीले गाँजा सेवन गरे नगरेको भन्ने बिषयमा चेकिङका लागि नयाँ प्रबिधि ल्याएसँगै अब सवारी चालकले दुई बर्ष अघि गाँजा खाएको समेत पत्ता लाग्ने भएको छ । बिगतका समयमा सवारी चालकको स्वास चेक गरेर मापसे गरे नगरेको पुष्टि गर्ने प्रहरीले अब चालकको पिसाव चेक गरेर दुई बर्ष अघि गाँजा खाएको कुरा समेत पत्ता लगाउने भएको हो ।
बिहिबार सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पोखरामा प्रहरीले पोखराको डाँडाको नाकमा गरेको चेकिङमा पनि केहि चालकले ४÷५ दिन अगाडी गाँजा खाएको प्रहरीले पत्ता लगाएको थियो । केहि समय अघि गाँजा सेवन गरेका सबैलाई तारेखमा छाडीएको प्रहरीले जनाएको छ ।
कुनै ब्यक्ति १-२ वर्ष अघि लागुपदार्थको प्रयोगकर्ता भएपनि प्रहरीले ल्याएको किटलेसजिलै जानकारी दिन्छ । कुनै व्यक्तिले ४-५ दिन अघि लागुपदार्थ सेवन गरेको भए किटमा एउटा गाढा रातो धर्सा र अर्को एउटा फिका रातो धर्सा देखिने गर्दछ । झट्ट हेर्दा यो किट महिलाहरुले गर्भ रहे नरहेको जाँच गर्ने किट जस्तै देखिने गर्दछ ।

तस्बीरः समाचारपाटी
