पोखरा रंगशालामा फुटबल स्टेडियमको माटो सम्याउने काम अन्तिम चरणमा

Share:

पोखरा । १८ हजार दर्शक क्षमताको सुविधा सम्पन्न निर्माणाधिन फुटबल स्टेडियमको लागि पोखरा रंगशालामा माटो सम्याउने काम अन्तिम चरणमा पुगेको छ । गत माघ महिनादेखि सम्याउन सुरु गरेको निर्माण कम्पनीले हालसम्म करिब ८० प्रतिशत काम सम्पन्न गरिसकेको जनाएको छ । निर्माण कम्पनीले आगमी असार मसान्त भित्रै फुटबल स्टेडियम निर्माण सम्पन्न गरिसक्नु पर्ने छ ।

कुल एक अर्ब २८ करोड २२ लाखको लागत अनुमान गरी निर्माण सुरु गरिएको उक्त फुटबल स्टेडियम निर्माणको जिम्मा भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम. एए. कन्ट्रक्सनले लिएको छ ।

स्टेडियम निर्माण सम्पन्न भईसकेपछि रंगशालमा एकै पटक १८ हजार दर्शकहरुले अटाउने छन् । पोखराको खेलकुद क्षेत्रमा यो फुटबल स्टेडियम महत्वपूर्ण र गौरवलायक योजना रहेको क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले बताए ।

खेलकुद मैदानको समस्याका कारण बिगतका समयमा बिभिन्न प्रतिष्ठित खेलकुदहरु सञ्चालन गर्दा आयोजक तथा दर्शकहरुलाई निकै सास्ती हुने गरेपनि फुटबल स्टेडियम निर्माण सम्पन्न भईसकेपछि सहज हुनेछ ।

कमेन्ट गर्नुहोस्
Share: