कस्तो छ मंगलबारसम्मको मौसम ?

Share:

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी मंगलबारसम्म देशभरको मौसम आंशिक देखि सामान्य बदली रहने जनाएको छ ।

महाशाखाका अनुसार मंगलबारसम्म मध्य र पश्चिमका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

आज राति देशको पूर्वी भूभाग लगायत मध्य र पश्चिमका पहाडी भूभागमा आंशिक बदली रहने तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

त्यसैगरी, देशका पूर्वी भेगका थोरै स्थान र मध्य र पश्चिमी पहाडी भेगका केही स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार दिउँसो देशको पूर्वी भूभाग लगायत मध्य र पश्चिमका पहाडी भूभागमा आंशिक बदली रहने तथा बांकि भूभागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

देशका पूर्वी भेगका थोरै स्थान र मध्य र पश्चिमी पहाडी भेगका केही स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै, राति देशको पहाडी भेगमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया मौसम सफा रहने महाशाखाको बुलेटिनमा उल्लेख छ ।

यस्तै, मंगलबार दिउँसो देशको पूर्वी लगायत मध्य र पश्चिमका पहाडी भूभागमा आंशिक बदली रहने र बांकि भूभागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

मंगलबार राति देशभरि नै मौसम सामान्यतया बदली रहने र देशका थोरै स्थानमा हल्का वर्षाको संभावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: