उपाधि दौडमा रहेको म्यान्चेस्टर सिटि लेस्टरसँग भिड्दै

Share:

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा सोमबार राति दोस्रो स्थानको म्यान्चेस्टर सिटीले लेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दै छ ।

उपाधि यात्रामा लम्कि रहेको सिटीलाई लेस्टरको चुनौती छ । लिग चरणमा अव सिटीले दुई खेल खेल्न बाँकी छ ।

सिटी शीर्ष स्थानको लिभरपुल भन्दा दुई अंकले पछि छ । लिभरपुलले भने एक मात्र खेल खेल्न बाँकी छ ।

आजको खेलमा सिटीले हार अथवा बराबरी खेलेमा सिटीलाई उपाधि होडमा कमजोर बन्ने छ ।

सिटीको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति १२:४५ मा सुरू हुनेछ ।

आजको खेलमा जित निकाल्दै सिटी पुनः शीर्ष स्थानमा पुग्ने योजनामा हुनेछ । यता लेस्टर सिटीलाई हराउँदै उपाधि यात्रामा कमजोर बनाउने योजनामा छ ।

कमेन्ट गर्नुहोस्
Share: