सर्लाहीमा प्रहरी र विप्लव समूहबीच भिडन्त, जिल्ला इञ्चार्ज मारिए

Share:

सर्लाही। प्रहरी र नेकपा विप्लव समूहबीच सर्लाहीमा भिडन्त भएको छ । लालबन्दीमा भएको भिडन्तमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

झडपमा विप्लवको पार्टीका जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु भएको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए । पौडेलसहितको टोलीले प्रहरीमाथि आक्रमण थालेपछि जवाफी फायरिङ हुँदा पौडेलको मृत्यु भएको हो ।

कमेन्ट गर्नुहोस्
Share: