पोखराको विजयपुर खोलामा बनेको बेलिब्रिज सञ्चालनमा आयो, ३५ टन माथिका निषेध

Share:

पोखराको विजयपुर खोलामा नयाँ बनेको बेलिब्रिज पुल सञ्चालनमा आएको छ । शुक्रबार रातिदेखि सञ्चालनमा आउने भनिएपनि नटबोल्ट कस्न र वारीपारीका सडक तयार बनाउन समय लागेकाले शनिबार अपरान्हबाट मात्रै सञ्चालनमा आएको हो ।

यसअघिको पुल कमजोर भएकाले १० टन क्षमता बढीका सवारीलाई डाइभर्सन गरी खोलाबाटै आवतजावतको सुविधा मिलाइएको थियो । तर, त्यस डाइभर्सन पनि खोलामा आएको बाढीले तीन पटक बगाएकाले ४ दिनदेखि ठूला सवारी पोखरा भित्रन पृथ्वीराजमार्गबाट पाएको थिएन ।

आजबाट सञ्चालनमा आएको सो पुलमा यही हप्ताभित्र पिच गरिने भएको छ । पुल सञ्चालन अघि भारी सवारी डोजरलाई चलाएर परिक्षण पनि गरिएको थियो । यद्यपी, ३५ टन माथिका सवारी भने यो पुलबाट सञ्चालन गर्न पाईनेछैन ।

 

कमेन्ट गर्नुहोस्
Share: