
काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत आर्थिक वर्षमा १३४ मध्ये १२१ तुइन विस्थापन गरेको छ। सरकारको तुइन विस्थापन गर्ने योजनाअनुसार ती तुइन विस्थापन गरिएको मन्त्रालयका प्रवक्ता भूपाल बरालले जानकारी दिए।
प्रदेश नं १ मा पाँच, प्रदेश नं ३ मा १९, गण्डकी प्रदेशमा २६, प्रदेश नं ५ मा १७, कर्णाली प्रदेशमा २८ र सुदूरपश्चिम प्रदेशमा २६ वटा तुइन विस्थापन गरिएको छ। तुइन विस्थापनबाट तुइन दुर्घटनाबाट हुने मानवीय क्षतिमा कमी आएको र आर्थिक–सामाजिक क्रियाकलापमा पहुँच वृद्धि भएको जनाइएको छ।
यसैगरी मन्त्रालयले ५०० झोलुङ्गे पुलमध्ये ४९५ वटा निर्माण गरिएको छ। प्रदेश नं १ मा ८४, प्रदेश नं २ मा २०, प्रदेश नं ३ मा ३, गण्डकी प्रदेशमा १०२, प्रदेश नं ५ मा ६४, कर्णाली प्रदेशमा ८७ र सुदूरपश्चिम प्रदेशमा ६५ पुल निर्माण गरिएको छ।
(फिचरमा राखिएको तुइनको तस्बिर पोखराको फुर्सेखोला माथिको हो । अहिले यो तुइन पनि हटाइसकिएको छ)
