एसिया कप खेल्ने नेपाली यू-१९ क्रिकेट टोलीको घोषणा

Share:

काठमाडौं । श्रीलंकामा आयोजना हुने एसीसी यू-१९ एसिया कप क्रिकेट खेल्ने नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । नेपालले बिहिबार रोहित कुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

टाेलीमा सन्दीप जाेराले कमब्याक गर्दा बिशाल विक्रम केसी भने टिमबाट बाहिरिएका छन् ।

टिममा कमब्याक गर्नेमा जोरासंगै आसिफ शेख र सूर्य तामाङ रहेका छन् । टिममा  रोहित कुमार पौडेल (कप्तान) सँगै रित गौतम,पवन सर्राफ,मोहमद आसिफ शेख,सन्दीप जोरा,भिम सार्की,कुशल मल्ल,रशिद खान,कमल सिंह ऐरी,सागर ढकाल,हरि बहादुर चौहान,प्रतिष जिसी,खडक बोहरा, लोकेश बम, सुर्य तामाङ रहेका छन् ।

नेपाल गत महिना मलेसियामा सम्पन्न एसीसी यू–१९ इन्टर्न रिजनको उपाधि जितेर नेपाल एसिया कपमा छनोट भएको थियो । मलेसियामा भएको प्रतियोगितामा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको थियो ।

अर्को समूहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

File Photo

कमेन्ट गर्नुहोस्
Share: