
काठमाडौं । कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेलले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रै सार्वजनिक जग्गा हडप्न पाए हुन्थ्यो भन्ने प्रवृत्ति देखिन थालेको बताएका छन्।
काठमाडौँ महानगरपालिका वडा नम्बर-४ मा प्रदेशसरकारद्वारा निर्माण गरिएको पार्कको उद्घाटन गदै कावा प्रधानमन्त्री पोखरेलले मुलुकभर नै सार्वजनिक जग्ग हडप्ने प्रवृत्ति देखिएको र पार्टीभित्र पनि त्यो प्रवृत्ति देखाएको बताएका हुन्।
नेकपाका सचिावलय सदस्यसमेत रहेका पोखरेलले पार्टीभित्र सार्वजनिक जग्गा हड्प्न खोज्ने व्यक्ति रहेको बताए पनि उनीहरु को हुन भन्ने बारेमा केही खुलाएनन्।
उनले पछिल्लो समय सार्वजनिक सम्पत्तिको संरक्षण गम्भीर चुनौतीको विषय बनेको बताए। ‘अहिले हाम्रो अगाडि सार्वजनिक सम्पत्तिको रक्षा कसरी गर्ने भन्ने चुनौती छ’, उनले भने, ‘म तोकेर भन्न चाहन्नँ, हामी भित्रै समस्या छन्।
सार्वजनिक सम्पत्ति व्यक्तिले लिन पाए, कब्जा गर्न पाए, उपभोग गर्न पाए, मजा मान्ने चिन्तन र प्रवृत्तिहरु छन्।’ उनले यस्तो प्रवृत्ति गलत भएको भन्दै सार्वजनिक सम्पत्तिको संरक्षका लागि यसकाविरुद्ध एकजुट भएर लाग्नु पर्ने बताए।
