
काठमाडौं । भारतका पूर्वअर्थमन्त्री अरुण जेटलीको निधन भएको छ । आज दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा जेटलीको मध्यान्न १२ बजेर सात मिनेटमा निधन भएको हो ।
६६ वर्षीय उनी श्वास-प्रश्वास सम्बन्धी समस्याबाट पीडित थिए । अस्पतालमा रहँदा जेटलीलाई भेट्न प्रधानमन्त्री मोदीसमेत गएका थिए । अघिल्लो महिनामात्रै पूर्वविदेशमन्त्री सुष्मा स्वराजको निधन भएको थियो ।
जेट्लीको निधनमा भारतीय गृहमन्त्री अमित शाहले दु:ख व्यक्त गरेका छन्।
‘मैले सिनियर पार्टी लिडरलाई मात्र गुमाएको छैन, मैले त्यो अभिभावकलाई गुमाए जसले मलाई राम्रो दिशातर्फ गाइड गरिरहन्थे’, उनले ट्वीटमार्फत् भनेका छन्।
कमेन्ट गर्नुहोस्
