
बिग न्यूज
पोखरा, १३ भदौ । भर्खर १४ वर्ष पुगेको एउटा खिरिलो अनि अग्लो ज्यान भएको केटो जब मैदाममा छि¥यो, तब त्यसको केही छिनमै नेपालको लागि गोल ग¥यो । पछिल्लो साफ गेमको क्रममा पाकिस्तानको विरुद्धमा खेलिरहेको नेपालका लागि जब विमल घर्तीमगरले गोल गरे, तब उनी एकाएक चर्चित बने ।
त्यही गोलले उनको करिअरले नै युटर्न लियो । नवलपरासीका उनी एकाएक सेलिब्रिटी बने । यो २०१३ को कुरा हो । यो खेलमा उनले गोल गरिसकेपछि खेल जीवनमा विमलले कहिल्यै पछाडी फर्केर हेर्नुपरेको छैन । र, डेब्यू अन्तराष्ट्रिय खेलमै गोल गरेर उनले दुईवटा किर्तिमानी राखे । एउटा नेपालबाटै सबैभन्दा कम उमेरमा अन्तराष्ट्रिय फुटबलमा डेब्यू गर्ने खेलाडी र अर्को कम उमेरमा गोल गर्ने विश्वकै कान्छो खेलाडी । यद्यपि पछिल्लो किर्तिमानीमा भने उनको नाम विश्वभरको सूचीमा छैठौँ नम्बरमा आउँछ ।
त्यसपछि २०१५ मा भारतविरुद्धको खेलमा विमलले खेल शुरु भएको २ मिनेटमा गोल गरे । र, यो गोलको चर्चा अझैसम्म पनि हुने गर्छ । भारत विरुद्धको यो गोलले विमलको हाइट अझै बढ्यो ।
तर मान्छेको जीवनमा अनेकन घटनाहरु घट्छन् । कति प्रिय हुन्छन् त कति अति नै अप्रिय । यस्तै एउटा अप्रिय घटना विमलको जीवनमा पनि घट्यो । बुवा सानैमा बितेपनि आमाले विमल र उनकी बहिनीलाई निकै राम्रो गरि हुर्काएकी थिईन् । विमलको चर्चा पनि राष्ट्रिय अनि अन्तराष्ट्रियस्तरमै बढ्दै थियो । तर एकदिन अचानक विमलकी बहिनीले देहत्याग गरिन् ।
मानिसलाई सबैभन्दा बढि छुने पारिवारीक समस्याले नै हो । र, सबैभन्दा डिस्टर्ब हुने परिवारको समस्याले नै हो । त्यस्तै भयो विमललाई पनि । ‘त्यो घटना अझै पनि याद आइरहन्छ । यसले गर्दा मेरो करियरमा पनि ग्याप आएको थियो । सानै पनि थिएँ र त्यसले गर्दा मेरो होशहवास नै गुमेको थियो । खेल्न पनि मन लाग्दैनथ्यो । मलाई अझै पनि कहिलेकाहीँ म त्यो मेरो पुरानो फर्ममा फर्कन सकेको छैन जस्तो लाग्छ । साग गेम , बंगबन्धु जितेर फर्कदा परिवारको माया र साथ भएकाले एकदमै रमाइलो भएको थियो तर एएफसी सोलिडारिटी कप जितेर फर्कँदा त्यस्तो थिएन । म अनि मेरो परिवार रमाउनै सकिरहेको थिएन, कारण बहिनी मसँग थिइन ।’
हाल माल्दिभ्स लिगमा व्यस्त विमलसँग बिगखबर डटकमका लागि अशोक थापाले गरेको कुराकानीको केही सम्पादित अंश :
विदेशी लिगमा यसरी खेल्नका लागि अनुबन्ध भएको मेरो लागि पहिलो अनुभव हो । र, मलाई व्यक्तिगत अनि व्यवसायिक रुपमा यो लिगले धेरै सपोर्ट पनि गरेको छ । रह्यो परिवेशको कुरा । फरक परिवेशमा, फरक शैली र खेलाडीहरुसँग मिलेर खेल्दा म मा अझै बढि आत्मविश्वास बढेको छ । खेल कौशलका हिसाबले पनि मैले आफूलाई अझै बढि निखार्ने मौका पाएको छु ।
माल्दिभ्सको लिगमा टप ६ टिम निकै राम्रा छन् । सबै ब्यालेन्सड नै छन् । टप ६ मुनीका टिम अलिक कमजोर नै रहेका छन् । यो विदेशी लिगमा विदेशी खेलाडीको रुपमा आइसकेपछि विदेशी खेलाडीको रोल प्ले गर्ने प्रेसर बन्छ । त्यो प्रेसर ह्यान्डल गर्नसक्नु पर्छ । नेपालको लिग, लिग जस्तो नै रहेन । म पहिले सुदुरपश्चिम बाट खेल्दा जम्मा ५ खेल खेलेको थिएँ । अहिले पनि ३ ४ खेल मात्र खेलेँ । नेपाली लिग राम्रो सँग म्यानेज नै हुँदैन ।
माल्दिभ्समा फुटलबल समर्थकहरु स्टेडियमसम्म कम आउँछन् । लाग्छ, नेपालमा जति फुटबल प्रेमीहरु शायद त्यहाँ छैनन् कि ?
तर खेलाडीहरुका लागि सेवा सुविधाको कुरा गर्ने हो भने चाहीँ नेपालभन्दा धेरै उत्कृष्ट छ । आवश्यक मैदान, विश्वस्तरका ट्रेनरसँगै खेलाडीलाई गरिने सम्मान र उनीहरुलाई दिईने पारिश्रमिक पनि नेपालभन्दा निकै गज्जबको छ । नेपालमा क्राउड राम्रो छ तर सम्बन्धित सरोकारवालाहरुले खेलाडीहरुको खेल कौशलको स्तारोन्नतीका लागि खास काम गरेको पाईँदैन । क्राउड राम्रो भएपनि सुविधाहरु राम्रा छैनन् । मलाई यहाँ मेरो एजेन्टले पनि धेरै हेल्प गरिरहेका छन् ।
माल्दिभ्सबाट हामीलाई ट्रेनिङका लागि यूरोपियन मुलुकहरुमा लैजान्छन् । विश्वका उत्कृष्ट फुटबल ट्रेनरहरुमार्फत खेल कौशल सिकाईन्छ । तर यस्तो नेपालमा कहाँबाट होस् ? अझै म भन्दा सिनियर दाइहरुको हालत अझै खराब थियो । खेल शुरु हुनभन्दा दुई हप्ता अगाडि मात्रै मैदानमा फुटबल लिएर दौडने परम्परा थियो । अब त्यसरी पनि कहीँ नेपालले राम्रो खेल्न सक्छ त ? यो असम्भव जस्तै हो ।
अरु भन्दा पनि नेपालमा सबैभन्दा बढि खेलाडीलाई जरुरतको चिज भनेकै ट्रेनिङको हो । ट्रेनिङको क्रममा खेलाडीलाई कुनै खाले अरु टेन्सन हुनुहुँदैन । तर नेपालमा एउटा खेलाडीको रुपमा घरपरिवार पाल्न गाह«ो छ । खेल खेलेर निकै कमले मात्रै पैसा पाउँछन् । जब ध्यान नै दैनिक रोजीरोटीतिर मोडिन्छ, एउटा खेलाडीले कसरी ट्रेनिङमा ध्यान दिन सकोस् ?
प्रस्तुती : अनिश भट्टराई

