
गोरखा । गोरखाको धार्मिक स्थल मनकामना मन्दिर जाने केवलकार आउँदो आइतबारदेखि ५ दिन बन्द हुने भएको छ ।
केवलकारको मर्मत–सम्भारका लागि मनकामना दर्शन प्रालिले संचालन गरेको सो केवलकार भदौ २२ देखि २७ गतेसम्म ५ दिन बन्द हुने भएको हो ।
प्रालिले बिहीबार एक सूचना जारी गरी बुलह्विल लाइनर चेन्जिङ, मेन मोटर सर्भिसिङ तथा रोप रिङ स्प्लिसिङलगायतको मर्मतका लागि ५ दिन बन्द रहने जनाएको छ ।
मनकामना दर्शनका लागि जाने दर्शनार्थीले मनकामना केवलकार प्रयोग गर्ने गरेका छन् । केवलकारबाट ११ मिनेटमै मनकामना पुग्न सकिन्छ। पैदल यात्रा गर्न रुचाउनेहरू आबुखैरेनीबाट ४ घन्टाको उकालो हिँडेर मनकामना जाने गर्दछन् ।
यस्तो छ सूचना:
याे पनि – मनकामना केबलकारको भाडा बढ्यो
कमेन्ट गर्नुहोस्

