नादेझ्दा कप : उज्वेकिस्तानसँग नेपाली चेली २–० ले पराजित

Share:

काठमाडौं । नादेझ्दा कप महिला फुटबलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । सोमबार भएको खेलमा नेपालले उज्वेकिस्तानसँग २–० गोलको हार ब्यहोरेको हो ।

पहिलो हाफमा एक गोल खाएको नेपालले दोस्रो हाफमा थप अर्को गोल खाएको हो । खेलको ३४ औं मिनेटमा नेपालविरुद्ध उज्वेकिस्तानले गोल गर्दै अग्रता बनाएको थियो ।

दोस्रो हाफमा पनि राम्रो प्रदर्शन गर्दै थप एक गोल गर्दै २–० गोलको जित निकालेको हो । जितसँगै उज्वेकिस्तानले दुई खेलबाट ६ अंक जोडेको छ । यस्तै नेपालको दुई खेलबाट ३ अंक रहेको छ ।

यसअघि आयोजक राष्ट्र किर्गिस्तानलाई आइतबार नेपालले ८–२ गोलको फराकिलो जित निकालेको थियो ।

अब नेपालले अन्तिम खेलमा मंगलबार ताजिकिस्तानसँग खेल्नेछ । यो प्रतियोगितालाई नेपालले १३ औं सागको तयारीको रुपमा लिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: