
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम सिंगापुरमा आयोजना हुने तीन राष्ट्रबीचको त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिजका लागि बुधबार सिंगापुर प्रस्थान गर्ने भएका छन् ।
प्रतियोगिताको लागि नेपालले गत बिहिबार नै १५ सदस्सीय टिमको घोषणा गरिसकेको छ । आईसीसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले नेपाली टोली छनोट गरेका हुन् ।
नेपाली टोलीका टिम म्यानेजर रमण सिवाकोटीले नेपाली टिम राति १०:१५ बजे सिल्क एयरबाट टिम सिंगापुर जाने जानकारी दिए ।
सिंगापुर क्रिकेटको आयोजनामा हुने टी-ट्वान्टी सिरिज शुक्रबारबाट सुरु हुनेछ । सिरिजमा नेपाल, आयोजक सिंगापुर र टेष्ट राष्ट्र जिम्बावे रहेका छन् ।
कमेन्ट गर्नुहोस्
