जनप्रिय प्रजातन्त्रवादी प्राध्यापक संघमा वेदहरि

Share:

पोखरा । प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल जनप्रिय क्याम्पस इकाईको शुक्रबार भएको पाँचौ अधिवेशनले वेदहरि तिमिल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संघको उपाध्यक्ष दिननाथ लामिछाने, सचिवमा शिलु चालिसे, सहसचिमा हरिहर बराल चयन भए । यसैगरी कोषाध्यमा दिव्यलक्ष्मी चालिसे चयन भएकी छन् ।

सदस्यहरुमा नारायणप्रसाद पौडेल, गोपाल बराल, मेखराज पौडेल, दर्शनराज पौडेल, ध्रुवराज पौडेल, कर्णबहादुर बस्नेत चयन भएका छन् । संघका पदाधिकारी र सदस्य सबै सर्वसम्मत चयन भएका हुन् ।

यसअघि प्रजातन्त्रवादी प्रध्यापक संघका सचिव एवम् नेपाली कांग्रेसका महासमिति सदस्य देवराज चालिसेले अधिवेशनको उद्घाटन गरेका हुन् । उनले लोकतन्त्र संरक्षणका लागि प्राध्यापकहरुको भूमिका महत्वपूर्ण हुने बताए । जनप्रिय बहुमुखी क्याम्पस उत्कृष्ट रहनुमा प्रजातन्त्रवादी प्राध्यापकहरुको महत्वपूर्ण भूमिका रहेको उनको भनाई छ ।

संघका सभापति कृष्णबाबु बरालको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व क्यामपस प्रमुख भरतराज गौतम, संघका पूर्व अध्यक्ष पितृराज बास्तोला, पूर्व अध्यक्ष देविलाल शर्मा, क्याम्पसका संस्थापक प्रा.डा. विष्णुप्रसाद पौडेल, स्ववियु सभापति आषिश गुरुङ, पब्लिक क्याम्पस प्राध्यापक संघका सभापति नारायणप्रसाद पौडेल, कर्मचारी संघका अध्यक्ष राधा पौडेल, सञ्चालक समिति सदस्य किरणबाबु बराल, नेविसंघका सचिव सागर अधिकारी लगायतले बोलेका थिए ।

कार्यक्रमको सञ्चाल शिलु चालिसेले गरेकी हुन् भने स्वागत मन्तव्य दिव्यलक्ष्मी चालिसे गरेकी हुन् ।

कार्यक्रममा निवृत्त प्राध्यापक बुद्धिसागर बराल, संस्थाका पूर्व अध्यक्ष पितृराज बास्तोला, संघर्ष डिजिटल प्रालिका निर्देशक तथा सञ्चालक समितिका सदस्य किरणबाबु बराल, नरेश बराल, दिव्यालक्ष्मी चालिसे, हरिहर बराललाई सम्मान गरिएको थियो । नवनिर्वाचित अध्यक्ष तिमिल्सिनाले जनप्रियमा प्रजातन्त्रवादी प्राध्यापक संघको गरिमालाई थप उचाई दिएर अघि बढ्ने आफ्नो लक्ष्य रहेको उल्लेख गरे ।

कमेन्ट गर्नुहोस्
Share: