
हेम्जा । विष्णुपादुका माइस्थान पोखरा २५ हेम्जामा हुने महायज्ञको तयारी पूरा भएको छ । महायज्ञ आइतबार सुरु हुने छ । महायज्ञको शुभारम्भको लागि कलस यात्रा हेम्जाको याम्दीबाट १० बजे सुरु हुने हुदा सम्पुर्ण श्रदालु भक्तजनहरुलाई सहभागी हुनको लागि मुल आयोजक समितिका अध्यक्ष चुणामणी तिम्सिनाले आग्रह गरे ।
माइस्थान परिसरमा ज्येष्ठ नागरिक मिलन केन्द्र निर्माण तथा पञ्चाङ्ग मन्दिर स्थापना गर्ने उद्देश्यका साथ सो यज्ञ हुन लागेको हो । घटनास्थापनादेखि असोज २० सम्म हुने श्रीमददेवी भागवत् महापूराण ज्ञान महायज्ञमा हेम्जा निवासी युवा पं. हरिशरण पौडेलले कथा वाचन गर्ने कार्यक्रम छ । विष्णुपादुका माइस्थानलाई प्राचीन देवी शक्तिपीठका रुपमा चिन्ने गरिन्छ ।
यज्ञ अन्तर्गत पहिलो दिन कलशयात्रा एवं पूर्वाङ्ग, असोज १२ देखि असोज २० सम्म नियमित कथा प्रवचन, पाठपारायण, बेलपत्र अर्पण र आरति, प्रसादग्रहण, भजनकीर्तन गरेर समापन गर्ने कार्यक्रम रहेको प्रचारप्रसार संयोजक कृष्णमान श्रेष्ठले जानकारी दिए । यज्ञ अवधिभर समाूहिक पितृतर्पण, हवन, अन्नदान, भूमिदान, तुलादान, नवग्रहपूजा, चौरासी पूजा लगायत पनि गर्न सकिने बताइएको छ ।
