राष्ट्रिय क्रिकेट टिम आज स्वदेश फर्कदै

Share:

काठमाडौं ।  ओमानमा सम्पन्न पाँच देशीय टी(२० क्रिकेट सिरिजमा प्रतिस्पर्धा गरेको नेपाली राष्ट्रिय क्रिकेट टिम आज (शुक्रबार) स्वदेश फर्कदै छन् ।

नेपाली टिम आज बिहान नेपाल आईपुग्ने छन् । नेपाली क्रिकेट टिममा टिम म्यानेजर रमण सिवाकोटीका अनुसार नेपाली टिम बिहान ९ः२५ मा नेपाल आईपुग्ने छन् ।

ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल तेस्रो भएको थियो । बिहिबार भएको अन्तिम खेलमा नेपाल ओमानसँग ६ विकेटले पराजित भएको थियो ।

यसअघि नेपालले सिंगापुरमा त्रिकोणात्मक टी(ट्वान्टी सिरिज खेलेको थियो । उक्त सिरिज लगत्तै नेपाली टिम ओमान गएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: