साफ यू–१५ महिला च्याम्पियनसिपमा आज नेपाल र बंगलादेश भिड्दै

Share:

काठमाडौं । भुटानमा जारी साफ यू–१५ महिला च्याम्पियनसिपमा आज (शुक्रबार) नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगिताको दोस्रो खेलमा नेपालले पहिलो संस्करणको विजेता बंगलादेशसंग खेल्न लागेको हो । थिम्पुमा हुने खेल स्थानीय समय अनुसार दिउँसो ३ बजे शुरु हुनेछ ।

प्रतियोगिताको फाईनल पुग्न नेपाललाई बंगलादेशविरुद्वको खेल जित्नैपर्ने दबाब छ । पहिलो खेलमा नेपाल भारतसंग ४–१ को फराकिलो अन्तरले पराजित भएको थियो ।

बंगलादेशले पहिलो खेलमा घरेलु टोली भुटानलाई २–० गोल अन्तरले हराएको थियो । आजै हुने अर्को खेलमा भारतले भुटानसँग खेल्नेछ ।

कमेन्ट गर्नुहोस्
Share: