बडादसैंको टीकाको चौथो दिन आज पनि टीका लगाइदै

196
0
Share:

पोखरा । बडादसैंको टीकाको चौथो दिन आज शुक्रबार पनि मान्यजनबाट जमरा र आशीर्वाद ग्रहण गर्दै टीका लगाउनेक्रम जारी छ ।

परिवारमा टीका लगाएपछि कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउन जाने परम्परा छ । योक्रम पाँच दिनसम्म अर्थात् कोजाग्रत पूर्णिमासम्मै चल्ने गर्दछ । भने कतिपय स्थानमा टीकाको मूल दिन मात्र टीका लगाउने गरिन्छ ।

मान्यजनले टीका लगाइदिँदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने धार्मिक विश्वास छ । ठूलाले सानालाई टीका लगाइ आशीर्वाद दिने दसैंलाई आपसी सद्भाव, मित्रता र पारस्परिक विश्वासको कडीकोरुपमा लिने गरिन्छ ।

कमेन्ट गर्नुहोस्
Share: