लोक स्टारको फाइनलमा स्याङ्जाका चेतन गोतामे, यसरी भोट गर्नुस्

Share:

पोखरा । नेपालको सबैभन्दा ठूलो लोक दोहोरी गायन प्रतियोगिता नेपाल लोक स्टारको फाइनल नजिकिँदै छ । प्रतियोगिहरु विजेता बन्न कसरत गरिरहेका छन् ।

सो प्रतियोगिताको फाइनल आउँदो कार्तिक ८ गते काठमाडौंमा हँदैछ । अहिले प्रतियोगिताको अन्तिममा ४ जना प्रतिस्पर्धी विजेता बन्ने होडमा छन् ।

तीनै ४ जनामध्ये स्याङ्जाका चेतन गोतामे पनि एक हुन् । उनी प्रतियोगितामा गण्डकी प्रदेशका एक मात्र प्रतिनिधि हुन् । उनी अहिले प्रदेशका विभिन्न जिल्लामा पुगेका छन् ।

प्रदेशका एक मात्र प्रतिनिधि भएकाले पनि प्रदेशका विभिन्न जिल्लाका कलाकार उनलाई जिताउने अभियानमा जुटेका छन् । राम्रो प्रस्तुती दिँदै आएका गोतामे अहिले दर्शकको साथको अपेक्षामा छन् ।

उनलाई नेपाल लोक स्टारको टाइटल दिलाउन चेतन गोतामे जिताऔं अभियानले पनि काम गरिरहेको छ । दर्जनभन्दा बढी एल्बम निकालेका उनले एक सयभन्दा बढी लोकगीतमा स्वर भरेका छन्।

स्याङ्जाको वालिङ १२ छापा स्थायी घर भएका उनी हाल काठमाडौंमा रहेर एक दशकदेखि साँगीतिक क्षेत्रमा आबद्ध छन् । उनलाई आउँदो कार्तिक ८ गते दिउँसो १२ बजेसम्म भोट गर्न सकिने छ ।

एसएमएसबाट भोट गर्न अङ्ग्रेजीमा एल ०४ टाइप गरी ३७००० मा सेन्ड गर्न सकिन्छ । यसैगरी आईएमई एप डाउन्लोड गरेर पनि उनलाई भोट गर्न मिल्छ ।

रियलिटी शोमा शीर्ष उपाधि जित्नेले ५० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी दोस्रो हुनेले २५ लाख रुपैयाँ र तेस्रो हुनेले १० लाख रुपैयाँ नगद पाउनेछन् ।

कमेन्ट गर्नुहोस्
Share: