आज भाइटिका, टिका लगाउन ११:५५ बजेको साइत उत्तम

1276
0
Share:

पोखरा । आज यमपञ्चकको अन्तिम दिन आज भाइटिका । देशभर परम्परा अनुसार दिदीबहिनीबाट दाजुभाईको दीर्घायु, सुख तथा समृद्विको कामनाका साथ भाइटिका लगाईदैछ ।

आज भाईटिकाका लागि शुभसाईत विहान ११ बजेर ५५ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समीतीले जनाएको छ । साइतमा टिका लगाउन नपाउनेले दिन भर कुनै पनि समयमा टिका लगाउदा पनि शुभ रहने समितीले जनाएको छ ।

दिदीबहिनीले आफ्ना दाजुभाईलाई टीका लगाईदिदा धार्मिक विधिअनुसार मण्डप बनाई अष्टचिरञ्जीवीका साथै यमराज र यमुनाको पुजा गरी त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाई नओइलाउने मखमली, सयपत्री र दुवोको माला लगाईदिएर चिरायुको कामना गर्ने गर्दछन् ।

पौराणिक मान्यताअनुसार यमुनाले आफ्ना दाजु यमराजलाई यसदिन विशेष सम्मानपुर्वक पुजाआजाका साथ टिका लगाई दीर्घायुको कामना गरेकी हुदा त्यसै घटनाको सम्झनामा दाजुभाईको दीर्घायुको कामना गर्दै दिदीबहिनीले भाइटिका लगाउने परम्परा चल्दै आएको हो ।

आज टिका लगाएर खानपान सकेपछि घर–घरमा गई श्रीसम्पत्तीको कामना गर्दै देउसी खेलिन्छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक अर्थात् तिहार पर्व मनाइन्छ । नेवार समुदायले नेपाल संवत् ११४० र मनाउदै छन ।

कमेन्ट गर्नुहोस्
Share: