
नवलपरासी । नवलपरासी पूर्वमा शनिवार करेन्ट लागेर एकको मृत्यु भएको छ । करेन्ट लागेर नवलपरासी पूर्व मध्यबिन्दु नगरपालिका ६ बस्ने मतिराम महतोको मृत्यु भएको हो ।
२४ वर्षे महतो पराल बोकेको ना २ ख ९०७८ नम्बरको ट्रकको माथी बस्दा बिजुलीको तारले छोएपछि उनी करेन्ट लागेर घाइते भएका थिए ।
घाइते महतोलाई उपचारका लागि पुरानो मेडिकल कलेज चितवन लैजाने क्रममा बाटोमै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
