विज्ञ टोली खटिएको एक हप्तामै तनहुँको भानुमा चितुवा खोरमा पर्यो

Share:

तनहुँ । तनहुँमा चितुवा नियन्त्रणमा लिनका लागि राखिएको खोरमा मंगलबार बिहान चितुवा परेको छ । भानु नगरपालिका–१ जामुनेगैह्रास्थित जङ्गलमा राखिएको काठको खोरमा पोथी चितुवा परेको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिए ।

विभिन्न वडामा चितुवाले बालबालिका आक्रमण गर्ने क्रम नरोकिएपछि नगरपालिका भित्रका सामुदायिक वनमा खोर बनाइएको छ ।चितुवा नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषबाट विज्ञ टोली खटिएको एक हप्तामै एउटा चितुवा खोरमा परेर नियन्त्रणमा आएको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष र डिभिजन वन कार्यालय तनहुँको संयुक्त टोलिले उक्त चितुवालाई चितवन राष्ट्रिय निकुञ्ज लगिएको बरालले बताए । चितुवा आतंक बढेपछि नगरपालिकाले अभिभावकलाई बालबच्चा एक्लै नछाड्न आग्रह गरेको छ । सो क्षेत्रमा अन्य चितुवा पनि भएको अनुमान गरिएको छ ।

यसअघि गत असोज १६ र कात्तिक ११ गते गरी दुई वटा भाले चितुवा नियन्त्रणमा लिइएको थियो । जङ्गलमा आहाराको अभाव हुँदै गएपछि वैकल्पिक आहाराको खोजीमा चितुवाले मान्छेमाथि आक्रमण गर्ने गरेको अध्ययनबाट पुष्टि भएको छ ।

चितुवाको गतिविधिले गएको डेढ वर्षदेखि भानु नगरपालिकाका बासिन्दा आतंकित छन। चितुवाको आक्रमणबाट अहिलेसम्म भानुमा ६ जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन ।

सम्बन्धित समाचार::

परम्परागत पासोमा यसरी पर्यो नरभक्षी चितुवा (भिडियो हेर्नुहोस)

तनहुँको भानुमा चितुवा खोरमा परेकै साँझ फेरि ७ वर्षीय बालकको ज्यान लियाे

तनहुँमा चितुवा नियन्त्रणका लागि प्रदेश सरकारबाट ३० लाख विनियोजन

तनहुँको जङ्गलमा चितुवा खोज्दै विज्ञ

कमेन्ट गर्नुहोस्
Share: