जोमसोम–कोरला सडक तीन दिन बन्द हुने

Share:

मुस्ताङ । नेपाल–चीन जोड्ने राष्ट्रिय गौरवको कालिगण्डकी करिडोरको जोमसोम–कोरला सडक तीन दिन बन्द हुने भएको छ। बाटो निर्माण गर्नका लागि मंसिर ५ देखि मंसिर ७ गतेसम्म तीन दिन सडक बन्द गरिने भएको हो ।

कोरला सडक अन्तर्गत चैलेदेखि भेनासम्मको खण्डमा पर्ने समरको भीर र झो खोलासम्मको सडक माथि चट्टान छन् । सडक खुल्ला रहँदा निर्माणमा बाधा पुग्ने भएकाले ३ दिन सडक बन्द गर्न लागिएको हो ।

करिडोर सडकका आयोजना प्रमुख मुकुन्दराज अधिकारीका अनुसार केही महिना अघिदेखि समरको भीरमा ब्लास्टिङ गरी भीर फोर्न सुरु गरिएको छ ।

जोमसोमदेखि कोरलासम्मको सबैभन्दा जोखिम सडकका रूपमा रहेको उक्त साविक सडकमा करिडोरले चट्टान काट्ने र सडकको ग्रेट मिलाउने काम सुरु भैसकेको छ ।

उपल्लो मुस्ताङमा पछिल्लो एक हप्ता यता चिसो बढेको छ । हिउँ पनि पर्न थालेकाले मजदुरसमेत अन्यत्र सरेका छन्। त्यसैले अहिले मेशिनले गर्ने काम मात्र भइरहेको छ।

कमेन्ट गर्नुहोस्
Share: