८४ वर्षीया बृद्धाले विद्यासँग भनिन् – ‘म पनि भोट माग्न जान्छु’

Share:

पोखरा। बृद्ध भत्ताको सुरुवात गरेर उनीहरुकोे मनको पार्टी बन्न सफल नेकपाले बृद्ध बृद्धाहरुको साथ पाउँदै आएको छ । शनीबार पोखरा ११ मा देखिएको एउटा दृश्यले धेरैको ध्यान आकर्षण गराएको छ । चुनावी घरदैलो गरिरहेकी विद्या भट्टराई जब भोट अपील गर्दै ८४ वर्षीया तारादेवि गौतमको घरमा पुगिन् ।

त्यसपछि गौतमले विद्यालाई आशिर्वाद मात्र दिईनन् केहिबेर विद्यासंगै नेकपाको झण्डा बोकेर चुनाव प्रचारप्रशारमा साथ दिने कुरा गरिन् । ‘म पनि भोट माग्न जान्छु नानीसितै’ गौतमको यस्तो कुरा सुनीसकेपछि विद्याले भनिन् ‘आमा तपाई सक्नुहुन्न कि ?’ तर आमाले विद्याको जीतका लागि चुनावी प्रचारमा केहिबेर विद्यालाई साथ दिईन् ।

उपनिर्वाचनमा अत्यधिक मतले आफ्ना उम्मेदवार विजयी गराउन नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को चुनाव प्रचारप्रशार कमिटिहरु बनिरहेका छन् । सोही क्रममा पोखरा ३३ वडा कमिटिमा पनि बुद्धिजीविहरुको भेलाले निर्वाचन परिचालन कमिटि गठन गरेको छ । नेकपाका केन्द्रिय सदस्य भीम कार्कीको प्रमुख आतिथ्यतामा भएको उक्त भेलाले यज्ञप्रसाद अधिकारीको संयोजकत्वमा ३३ सदस्यीय कमिटि बनाएको हो ।

कमिटिको उपाध्यक्षमा तुलसीमणी अधिकारी, सचिवमा गिरीधारी अधिकारी, सहसचिवमा राजु पौडेल र कोषाध्यक्षमा पारशमणी पौडेल रहेका छन् । कमिटिले सो वडामा नेकपाको पक्षमा जनलहर ल्याउन मतदाता सम्म पुगेर पार्टीका एजेण्डाहरुबारे जानकारी गराउने बताईएको छ ।

सोही भेलालाई सम्बोधन गर्दै नेकपा उम्मेद्वार विद्या भट्टराई अधिकारीले विकाशको जिम्मा आँफूलाई दिन आग्रह गरिन् । “तपाईँहरुकै कारण आज म उम्मेदवार छु, तपाईँहरु ढुक्क भोलि यहि ठाउँको विकाशका लागि दिनरात खटिनेछु” विद्याले भनिन् ।

नीति तथा विकाश निर्माण समृद्धि बाहेक धेरै कुरा नसोचेको भन्दै उम्मेद्वार भट्टराईले अफ्नो पक्षमा देखिएको जनलहरुका कारण विपक्षीका केहि व्यक्तिहरु आत्तिईसकेको बताईन् । ‘जनताहरुले हामीलाई दिएको साथ देखेर विरोधीहरु आत्तिईसकेका छन्, छट्पटाईसकेका छन, हामीप्रति जनताको जुन आसा र भरोसा छ म त्यो अवस्य पूरा गर्छु,’ उनको भनाई थियो ।

वडा नं १५ मा धमाधम प्रचारप्रसार

नेकपाको चुनाव प्रचारप्रसार कार्यक्रम अन्तर्गत वडा परिचालन कमिटिको आयोजनामा पोखरा १५ मा टोल स्तरीय प्रचारप्रसार कार्य तीब्र पारिएको छ । दिनहुँजसो हरेक टोलमा नेकपाको सूर्य चिन्हमा मतदानका लागि अपील गर्दै नेकपा प्रतिनिहिरुले घरदैलो अभियान चलाईरहेका छन् ।

सोही क्रममा शनीबार पट्नेरीमा घरदैलो तथा कोणसभा गरिएको छ । कोणसभामा बोल्दै वडा नं १५ को निर्वाचन परिचालनको कमाण्ड सम्हालीरहेका नेकपा कास्की सचिव बखान सिंह तमुले विकास र समृद्धिका लागि फेरि पनि सूर्य चिन्हमै मतदान गर्नुपर्ने समय आएको बताए ।

सो अवसरमा नेकपा वडा कमिटि अध्यक्ष भक्त बहादुर खत्री, पोखरा महानगर वडा अध्यक्ष प्रकाश पौडेल, जिल्ला सदस्य बलराम पौडेल, गणेश पाख्रिन लगायतले मत माग्दै आ आफनो भनाई राखे । घरदैलोका क्रममा टोलबासीले नेकपाको पक्षमा मतदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । उक्त टोलमा स्थानीय मुक्तिलाल गुरुङको संयोजकत्वमा ७४ सदस्यीय चुनाव प्रचारप्रसार टोली गठन गरिएको छ ।

काँग्रेस नेता अधिकारीसँग पनि शुभकामना

आफ्ना पार्टीको मात्र होईन विपक्षी दलका नेता कार्यकर्ता हरुको ध्यान आँफूतिर तान्न महिर मानिन्थे स्व. रवीन्द्र अधिकारी । उनकै पदचाप पछ्याउँदै उम्मेद्वार बनेकी धर्मपत्नी विद्या भट्टराईमा पनि रवीन्द्रको जस्तै स्वाभाव देखिएको छ ।

यसअघिका निर्वाचनमा रवीन्द्रसंगै चुनावी प्रतिष्पर्धा गरेका काँग्रेस नेता सोभियतबहादुर अधिकारीसंग विद्याले भोट मागीन् । शनीबार पोखरा ११ रानीपौवामा चुनावी प्रचारप्रसारमा खटिएकी विद्याले नेता अधिकारीसंग हात मिलाईन र शुभकामना पनि लिईन् ।

शुभकामना तथा आशिर्वादका लागि हात मिलाईसकेपछि मोटरसाईकलमा सवार काँग्रेस नेता अधिकारी पनि मुसुक्क हाँसे र गन्तव्यतिर लागे ।

सम्बन्धित समाचार::

भोट माग्न खेतमा पुगेका खेमराजलाई कृषकले भने – ‘बाँदरको समस्या समाधान गर्नेलाई भोट दिन्छौं’

कास्की २ को उपनिर्वाचनको माहौलबाट फर्किएपछि साझाका प्रवक्ता डा. आचार्य के भन्छन् ?

खेमराजको उम्मेदवारीले मतदातामा उत्साह, ९२ वर्षीय टंकनाथ भन्छन्, ‘त्यागी नेतालाई जिताउनै पर्छ’

कास्की-२ उपनिर्वाचन : २१ उम्मेदवारले पाए चुनाव चिन्ह

कास्की-२ उपनिर्वाचन : कांग्रेसका सबै संगठन चुनावमा होमिए

कास्की–२ उपनिर्वाचन : के भन्छन् उम्मेदवार ? (अडियो सामाग्री)

कास्की २ का लागि नेकपा र साझाले गराए उम्मेदवारी दर्ता

कास्की २ मा कांग्रेस र राप्रपाले गराए उम्मेदवारी दर्ता

विवेकशीलबाट कास्कीमा जमुना, बाग्लुङमा सन्तोष उम्मेदवार

कास्की-२ मा राप्रपाबाट रोम बहादुर भण्डारी उम्मेदवार

कास्की-२ मा समाजवादी पार्टीबाट धर्मराज गुरुङ उम्मेदवार

कास्की उपनिर्वाचनमा विमला भण्डारीको चर्चा

कास्की-२ मा समाजवादीको ५०१ सदस्यीय चुनाव प्रचार समिति गठन

कास्की २ मा नेकपाका विद्यासँगै अन्य २ जनाको नाम सिफारिस

काङ्ग्रेस (बिपी) ले कास्की-२ मा उम्मेदवार उठाउने

कास्की-२ उपनिर्वाचन : साझाबाट रजनी केसी लड्ने

कास्की–२ उपनिर्वाचनः कांग्रेसबाट १६ जनाको नाम केन्द्रमा सिफारिस

‘कास्कीका जनताले बुझ्छन्, साझा पार्टीलाई मत दिनुको विकल्प छैन’: रजनी केसी

कास्की २ मा रविन्द्रपत्नी विद्या भट्टराईको नाम सिफारिस, साझाकी रजनी, काँग्रेसको को ?

कास्की-२ उपनिर्वाचन : विद्यालाई सांसद बनाउन २६ सय ४१ सदस्यीय निर्वाचन परिचालन समिति

कास्की–२ मा धनराज गुरुङको चर्चा बारे विश्वप्रकाश शर्माले दिए यस्तो प्रतिक्रिया

कास्की–२ उपनिर्वाचन : कांग्रेस उम्मेदवार खेमराजको घरदैलो अभियान भोलिदेखि

कास्कीमा नेकपाको चुनावी अभियान तीव्र, ११ वटै वडामा चुनाव परिचालन कार्यालय स्थापना

कास्की २ उपनिर्वाचन: तीन जनाको उम्मेद्वारी बदर, एक जनाले फिर्ता लिए

गणेशमानको शालिकमा माल्यार्पण गरेर विद्याले शुरु गरिन् चुनावी घरदैलो

खेमराजलाई मतदाताको आशिर्वाद : ‘चुनाव जित्नू, धर्म, संस्कार र संस्कृति कुल्चनेलाई परास्त गर्नू’

अब पनि चुप बसे देश कुन बेला बेचिन्छ थाहा छैन : उम्मेदवार के.सी

नेकपाप्रति रामबजारबासीको आशा, विद्यामा भरोसा

कमेन्ट गर्नुहोस्
Share: