कास्की २ को उपनिर्वाचनको माहौलबाट फर्किएपछि साझाका प्रवक्ता डा. आचार्य के भन्छन् ?

Share:

काठमाडौं । साझा पार्टीका प्रवक्ता डाक्टर सूर्यराज आचार्यले पोखरेली जनतामा आफ्नो पार्टी प्रतिको आशा र सद्भाव उर्लंदो रहेको बताएका छन्। कास्की २ को उपनिर्वाचनको माहोल बाट फर्किएपछि सामाजिक सञ्जालमा आचार्यले पोखरेली जनतामा पुराना दल र राजनीति प्रति चरम आक्रोश रहेको भन्दै जनताले भरपर्दो विकल्प खोजेको बताएका हुन्।

डाक्टर आचार्यले फेसबुक पेजमा लेखेका छन्:

“कास्की २ को उपनिर्वाचनको सिलसिलामा ९ दिन पोखरामा बिताएर हिजो काठमाडौँ फर्केँ। पुराना दल र राजनीति प्रति जनताको चरम आक्रोश देखियो। जनताले विरोध मात्र हैन भरपर्दो विकल्प खोजेका छन्। साझा पार्टी प्रतिको आशा र सद्भाव उर्लँदो छ।

केही मतदातामा राजनीति प्रति नै चरम वितृष्णा पनि देखियो। “पुराना दलका नेताले पनि इमान र रूपान्तरणका कुरा गर्थे, भोट दिइयो तर विश्वासघात गरे। साझा पार्टी पनि पनि त्यस्तै नहोला भन्ने के ग्यारेन्टी?“ यस्तै प्रश्न गर्ने एक जना मतदातासँग साझा पार्टी के हो र के होइन भन्ने बारेमा लामै संवाद भयो। सो संवादमा उहाँलाई घत परेको भनिएको यौटा सन्दर्भ।

यौटा परिवारमा तीन सन्तान थिए। दुई छोरा र कान्छी छोरी। अभिभावकले छोराछोरीको पढाई लेखाइमा राम्रो व्यवस्था गरेका थिए। तर दाजु भाइको पढाइमा ध्यान थिएन। अनुशासनहीन थिए। सधैँ केही न केही बदमासी काम गर्थे।

स्कुलको परीक्षामा जसोतसो पास हुन्थे। जेठो दाजु एसएलसी फेल भयो। ३ वर्ष पछि भाइ पनि एसएलसी फेल भयो। बहिनी भने पढाइमा ध्यान दिन्थिन्। अनुशासित थिइन्। बेला आए पछि उनी पनि एसएलसीको तयारीमा लागिन्।

छरछिमेकले भने कुरा काट्थे ’दुवै दाजु एसएलसी फेल भए, बहिनीको पनि उही हालत त होला नि!’। परीक्षामा बस्न नपाउँदै फेल हुने छिमेकीको अडकलले उनको मन चसक्क घोच्थ्यो। तर उनी विचलित भइनन्। बरु यस्ता कुराले परीक्षामा झन् अब्बल परिणाम ल्याउने गरी अनुशासन, लगन र मिहिनेतको बाटोमा हिँड्न बहिनीको आत्मविश्वास बढाउँथ्यो।

मेरो तर्क थियोः यो परिवारको कान्छी छोरीकै जस्तो अवस्था छ, साझा पार्टीको!

सम्बन्धित समाचार::

भोट माग्न खेतमा पुगेका खेमराजलाई कृषकले भने – ‘बाँदरको समस्या समाधान गर्नेलाई भोट दिन्छौं’

खेमराजको उम्मेदवारीले मतदातामा उत्साह, ९२ वर्षीय टंकनाथ भन्छन्, ‘त्यागी नेतालाई जिताउनै पर्छ’

कास्की-२ उपनिर्वाचन : २१ उम्मेदवारले पाए चुनाव चिन्ह

कास्की-२ उपनिर्वाचन : कांग्रेसका सबै संगठन चुनावमा होमिए

कास्की–२ उपनिर्वाचन : के भन्छन् उम्मेदवार ? (अडियो सामाग्री)

कास्की २ का लागि नेकपा र साझाले गराए उम्मेदवारी दर्ता

कास्की २ मा कांग्रेस र राप्रपाले गराए उम्मेदवारी दर्ता

विवेकशीलबाट कास्कीमा जमुना, बाग्लुङमा सन्तोष उम्मेदवार

कास्की-२ मा राप्रपाबाट रोम बहादुर भण्डारी उम्मेदवार

कास्की-२ मा समाजवादी पार्टीबाट धर्मराज गुरुङ उम्मेदवार

कास्की उपनिर्वाचनमा विमला भण्डारीको चर्चा

कास्की-२ मा समाजवादीको ५०१ सदस्यीय चुनाव प्रचार समिति गठन

कास्की २ मा नेकपाका विद्यासँगै अन्य २ जनाको नाम सिफारिस

काङ्ग्रेस (बिपी) ले कास्की-२ मा उम्मेदवार उठाउने

कास्की-२ उपनिर्वाचन : साझाबाट रजनी केसी लड्ने

कास्की–२ उपनिर्वाचनः कांग्रेसबाट १६ जनाको नाम केन्द्रमा सिफारिस

‘कास्कीका जनताले बुझ्छन्, साझा पार्टीलाई मत दिनुको विकल्प छैन’: रजनी केसी

कास्की २ मा रविन्द्रपत्नी विद्या भट्टराईको नाम सिफारिस, साझाकी रजनी, काँग्रेसको को ?

कास्की-२ उपनिर्वाचन : विद्यालाई सांसद बनाउन २६ सय ४१ सदस्यीय निर्वाचन परिचालन समिति

कास्की–२ मा धनराज गुरुङको चर्चा बारे विश्वप्रकाश शर्माले दिए यस्तो प्रतिक्रिया

कास्की–२ उपनिर्वाचन : कांग्रेस उम्मेदवार खेमराजको घरदैलो अभियान भोलिदेखि

कास्कीमा नेकपाको चुनावी अभियान तीव्र, ११ वटै वडामा चुनाव परिचालन कार्यालय स्थापना

कास्की २ उपनिर्वाचन: तीन जनाको उम्मेद्वारी बदर, एक जनाले फिर्ता लिए

गणेशमानको शालिकमा माल्यार्पण गरेर विद्याले शुरु गरिन् चुनावी घरदैलो

खेमराजलाई मतदाताको आशिर्वाद : ‘चुनाव जित्नू, धर्म, संस्कार र संस्कृति कुल्चनेलाई परास्त गर्नू’

कमेन्ट गर्नुहोस्
Share: