कर्जा प्रवाहमा सन्तुलित व्यवहार गर्न अर्थमन्त्री आग्रह

206
0
Share:

काठमाडौँ – अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल बैंक लिमिटेडको काम कार्वाहीप्रति सन्तुष्टि व्यक्त गरेका छन् । अर्थमन्त्री खतिवडाले नेपाल बैंक लिमिटेड अनुशासित, आधुुनिक, प्रतिस्पर्धी र एक्काईशौं शताब्दीको वाणिज्य बैंकहरुमा हुनुपर्ने गुणले युक्त भएको उल्लेख गर्दै त्यसका कामकार्वाहीप्रति सन्तुष्टि व्यक्त गरेका हुन् ।

बैंकको ८३ औं वार्षिकोत्सवको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले बैंक तथा वित्तिय संस्थाहरु आधुनिक प्रविधिमंैत्री हुँदै गएकोमा खुुसी पनि व्यक्त गरे । अर्थमन्त्री खतिवडाले कर्जा प्रवाहमा भने सन्तुलित व्यवहार गर्न पनि सबै बैंक तथा वित्तिय संस्थाहरुलाई सचेत गराए ।

कमेन्ट गर्नुहोस्
Share: