नेपालद्वारा हङकङ ४० रनले पराजित

332
0
Share:

काठमाडौं । नेपालले बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा पहिलो जित निकालेको छ । ढाकामा शनिबार भएको खेलमा हङकङलाई ४० रनले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो ।

नेपालले दिएको २ सय १८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हङकङले ४५ ओभर ५ बलमा अलआउट हुँदै १ सय ७७ रन मात्र बनाउन सक्यो ।

हङकङका किन्चिट शाहले ५३ रनको अर्धशतकीय इनिङ्स खेलेपनि हङकङलाई जित दिलाउन सकेनन् । हङकङलाई सस्तैमा रोक्न नेपालका करण केसी र अविनास बोहराले ३/३ विकेट लिए । सुशन भारीले २ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा अलआउट हुँदै २ सय १७ रन बनाएको थियो । शरद भेषवाकरले अर्धशतकीय इनिङ्स खेल्दै नेपालको इनिङ्स उकासेका थिए । शरदले ८९ रन बनाए ।

हङकङका मोहमद अजिज खानले ३ विकेट लिए । यस्तै नस्रुलाह राना र एहसान नवाजले २/२ विकेट लिए । जितसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना कायम रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: