
पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कम्युनिष्ट पार्टीको सिद्धान्त हेपिएकाको संरक्षण गर्नु रहेको बताएका छन्। लमजुङको सुन्दरबजार नगरपालिका–२, देउरालीमा आयोजित कार्यकर्ता भेलालाई शनिबार सम्बोधन गर्दै हेपिएर बसेकाहरुको सम्मान, संरक्षण र संवर्द्धन गर्ने कम्युनिष्ट पार्टीको सिद्धान्त रहेको बताएका हुन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य, नेकपा गण्डकी प्रदेशका इञ्चार्जसमेत रहेका उनले अबको तीन वर्षभित्र वृद्धभत्ता ५ हजार पुर्याउने दाबी गरे।
भेलामा नेकपाका केन्द्रीय, जिल्लाका सातै स्थानीय स्तरका नेता तथा कार्यकर्ताको उलेख्य उपस्थिति रहेको थियो ।
कमेन्ट गर्नुहोस्
