
तनहुँ । तनहुँको भानु नगरपालिकामा फेरी अर्को एउटा पोथी चितुवा खोरमा परेको छ । भानु-२ तिलाङकाटे स्थित सामुदायिक वनमा राखिएको परम्परागत काठको खोरमा शनिबार राति एउटा पोथी चितुवा परेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए ।
भानु-२ स्थित मझुवा ओख्ले सामुदायिक बनमा बनाइएको काठे खोरमा दोस्रो पोथी चितुवा परेको हो । स्थानिय हरिभक्त ढकालले बनाएको काठको खोरमा उक्त चितुवा परेको डिभिजन बन प्रमुख बरालले बताए । ८/९ वर्षको जस्तो देखिने अन्दाजी ४२ किलोको चितुवा खोरमा परेको बरालले बताए ।
यस अघि कात्तिक २६ गते मगलबार भानु-१ जामुने गैह्रा स्थित सामुदायिक वनमा राखिएको परम्परागत काठको खोरमा पोथी चितुवा परेको थियो ।
तनहुँको भानु नगरपालिकामा पछिल्लो समय चितुवा आतंक फैलिएको छ । चितुवाको आक्रमणबाट डेढ वर्षयता ४ देखि ११ वर्ष उमेर समूहका ६ बालबालिकाको मृत्यु भइसकेको छ ।
यो पनि:
तनहुँमा मृत भेटियो चितुवाको बच्चा
परम्परागत पासोमा यसरी पर्यो नरभक्षी चितुवा (भिडियो हेर्नुहोस)
तनहुँको भानुमा चितुवा खोरमा परेकै साँझ फेरि ७ वर्षीय बालकको ज्यान लियाे
तनहुँमा चितुवा नियन्त्रणका लागि प्रदेश सरकारबाट ३० लाख विनियोजन
तनहुँको जङ्गलमा चितुवा खोज्दै विज्ञ
