इच्छाकामना गाउँपालिका-२ का वडाध्यक्षमाथि दुर्व्यबहार, कुटपिटका साथै मानव मलमुत्र खुवाउने प्रयास

1188
0
Share:

पोखरा।  इच्छाकामना गाउँपालिका-२ का वडाध्यक्षमाथि दुर्व्यबहार भएको छ। वडाध्यक्ष पञ्चबहादुर प्रजामाथि शनिबार साँझ स्थानीयबासीको एक समूहले बोक्साको आरोपमा कुटपिट गर्दै जुत्ताको माला समेत लगाइदिएका हुन् ।

उनलाई कालोमोसो मोसो दलेर मानव मलमुत्र खुवाउने प्रयाससमेत भएको छ । जोखालाल चेपाङको घरमा भएको वडा कार्यालयमा नेपाली कांग्रेसका नेता कार्यकर्ताले तालाबन्दी गरेका थिए । तालाबन्दीपछि वडाको सामान सामुदायिक भवनमा सार्ने क्रममा विवाद भएको थियो । त्यही क्रममा उत्तरकुमार गुरुङ सहितको समूहले वडाध्यक्षलाई कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाएका हुन् ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले उत्तरकुमार गुरूङ र बिर्खबहादुर गुरूङलाई पक्राउ गरेेको छ । यसैबीच नेकपाले विज्ञप्ति जारी गर्दै वडाध्यक्ष प्रजालाई कांग्रेस कार्यकर्ताहरुले दुर्व्यवहार गरेको भन्दै कारबाहीको माग गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: