महिला फुटबलमा भारतलाई स्वर्ण, नेपाललाई रजत

Share:

पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा भारतले स्वर्ण पदक जितेको छ । सोमबार पोखरा रंगशालाको फुटबल मैदानमा भएको खेलमा नेपाललाई २-० ले पराजित गर्दै भारतले स्वर्ण जितेको हो ।

भारतले पहिलो र दोस्रो हाफमा एक/एक गोल गरेको हो । दुवै गोल एन. जी बाला देवीले गरेकी हुन् । निकै प्रतिष्पर्धात्मक खेलमा भारतका लागि उनले खेलको १७ औं मिनेटमा पहिलो गोल गरेकी थिइन् ।

उनले दोस्रो गोल खेलको ५५ औं मिनेटमा गरिन् । नेपालले गोल गर्नका लागि अवसर पाए पनि त्यसलाई गोलमा परिण्त गर्न सकेन । फुटबलको कास्य पदक माल्दिभ्सले जितेको छ ।

शनिबार भएको खेलमा माल्दिभ्सले श्रीलंकालाई २-१ ले हराउँदै कास्य जितेको हो । महिला फुटबलमा नेपाल, भारत, माल्दिभ्स र श्रीलंका गरी चार देशको सहभागिता थियो ।

तस्बिर: गोल नेपाल

कमेन्ट गर्नुहोस्
Share: