पोखरा सडक महोत्सवको निम्तो बाँढ्दै सौराहामा

757
0
Share:

पोखरा।  रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेबान) पोखराले आयोजना गरेको २१ औ पोखरा सडक महोत्सवको निम्तो बाँढ्दै पोखराका व्यवसायीको टोली सौराहा पुगेको छ । आइतबार चितवनको सोराहामा पत्रकार सम्मेलन गरे निम्तो दिए ।

यस अगाडी जनकपुर, इटहरीमा समेत पत्रकार सम्मेलन गरेर निम्तो दिएका थिए । पोखरामा पर्यटन प्रर्बधन गर्न आयोजना गर्दै आएको सडक महोत्सव पुस १२ गते देखी १६ गते (डिसेम्बर २८ देखि जनवरी १ सम्म) सम्म सञ्चाल हुनेछ ।

सडकमै खाऔँ, सडक रमाऔँ’ भन्ने नाराका साथ प्रत्येक अङ्गेजी नयाँ वर्षका अवसरमा महोत्सव गर्दै आएको छ । सौराहामा आयोजीत पत्रकार सम्मेलनमा रेवान पोखराका पुर्व अध्यक्ष सुर्य भुजेलले पोखरा सडक महोत्सवले पोखराको मात्रै नभएर आर्थिक रुपमा देश भर चलायमान बनाउदै गरेको बताए ।

उनले पोखरा सडक महोत्सवको अवसरमा बस, जहाजले थप सेवा विस्तार गरेर सेवा दिदै आएको बताए । उनले यसबाट देश भरी नै चलायमान भएका स्पष्ट देखीने गरेको बताए ।

त्यस अवसरमा २१ औं सडक महोत्सवका सहसंयोजक नरेश भट्टराईले पोखराका विभिन्न आर्थिक गतिविधिलाई चलायमान बनाउन, पर्यटन प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय स्तरमा महोत्सवको प्रचार–प्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिँदै आएको बताए । उनका अनुसार महोत्सवमा विभिन्न खानाका परिकार, खेलहरू, सांस्किृतिक कार्यक्रमहरू गरिनेछ ।

आयोजकका अनुसार ५ किमि दूरीसम्म सडकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खाना, हस्तकला प्रदर्शनी, साहसिक खेलकुद तथा वृत्तचित्र प्रदर्शनी, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम गरिने छ । महोत्सवमा सबै स्टल गरी २ हजार स्टल रहने बताइएको छ ।

सौराहामा ४ सयदेखि ५ सयको हाराहारीमा स्तरीय होटल, ३ सयदेखि ४ सय रेस्टुरेन्ट र एकैदिन ६० देखि ७० हजार पर्यटकलाई सेवा दिन सक्ने क्षमता भएको भट्टराईको भनाई छ । महोत्सव जनवरी १ सम्म चल्नेछ ।

कमेन्ट गर्नुहोस्
Share: