
स्याङ्जा । स्याङ्जाको आँधिखोला गाउँपालिका वडा नं १ को भवनको उद्घाटन गरिएको छ । भवनको बिहिबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका थिए ।
उक्त भवनको निर्माण कुल ९१ लाख १९ हजार ३ सय २२ रुपैयाँमा गरिएको आँधिखोला गाउँपालिका १ का वडाध्यक्ष सुधिर पौडेलले जानकारी दिए । कुल बजेट मध्य ८५ लाख रुपँैया गाउँपालिकाले अनुदानका रुपमा प्रदान गरेको थियो ।
यस्तै ६ लाख १९ हजार ३ सय २२ रुपैयाँ जनश्रमदानका रुपमा प्राप्त भएको वडाध्यक्ष पौडेलले बताए । वडाको आफ्नै भवन निर्माण भएपछि वडावासीमा हर्ष छाएको वडाध्यक्ष पौडेलले बताए ।
कमेन्ट गर्नुहोस्




