नेपालकै पहिलो बिस्कुट उत्पादक कम्पनी ‘नेबिको’ ५५ औं वर्षमा, पोखरामा नयाँ उत्पादन ‘कुकीज’

Share:

काठमाडौं। नेपालको पहिलो बिस्कुट उत्पादक कम्पनी ‘नेबिको’ ५५ औं वर्षमा प्रवेश गरेको छ। कम्पनीले ५५ औं वर्षागाठ पारेर पोखराको बजारमा कुकिज विक्री सुरु गरेको छ । यसअघि, बोस बटर क्रेकर बिस्कुट सार्वजनिक गरेको थियो । विगत ५५ वर्षदेखि नेपालमा बिस्कुट उत्पादन गर्दै आएको नेबिकोका झण्डै पाँच दर्जन उत्पादन बजारमा उपलब्ध छन्। नेबिकोले बालाजु र भैरहवाबाट बिस्कुट उत्पादन गरी देशका ७७ जिल्लामै बिक्री, वितरण गर्दै आइरहेको छ।

नेबिकोले ‘बटर’ र ‘जिरा’ फ्लेबरका कुकिज उत्पादन थालेको हो। कम्पनीबाट उत्पादित कुकिजको मंगलबार पोखराबाट सार्वजनिक गरिएको छ। थप ४ फ्लेबरमा पनि कुकिज चाडै बजारमा ल्याउने कम्पनीले जनाएको छ।  समय अनुसार उपभोक्ताको रोजाई परिवर्तन हुने भएकाले नयाँ नयाँ उत्पादन सार्वजनिक गर्दै आएको कम्पनीले जनाएको छ। कम्पनीका म्यानेजर प्रकाश कार्कीले ५५ वर्षको यात्रामा ५५ थरिका बिस्कुट बजारमा ल्याएको बताए।

५५ औं वार्षिकउत्सवका अवसरमा अनौपचारिक रुपमा पोखराका पत्रकारमाझ नयाँ उत्पादन सार्वजनिक गरिएको हो । बिस्कुट भन्नासाथ नेबिको पहिलो रोजाईमा पर्ने गरेको छ। अन्य उत्पादन जस्तै यो उत्पादनलाई पनि उपभोक्ताले रुचाउने कम्पनीका ब्राण्ड म्यानेजर अरुण पौडेलले बताए। अझै उच्च गुणस्तरिय उत्पादन बजारमा ल्याउन कम्पनी प्रतिबद्ध रहेको पनि पौडेलले बताए। ब्रान्ड म्यानेजर पौडेलले दशैभर बिस्कुट बिक्री, वितरणका अलावा सामाजिक उत्तरदायित्व पनि निभाइरहेको उल्लेख गरे।

उपभोक्त मञ्च गण्डकी संयोजक कपिलनाथ कोइरालाले स्वदेशी उत्पादनलाई उपभोक्ताले प्रोत्साहन गर्नुपर्ने बताए। नेबिकोका गण्डकी धौलागिरी प्रमुख खेमराज बरालले यो क्षेत्रका ग्राहकको माग, रुचि र नयाँ वर्षको अवसरलाई मध्यनजर गरी पोखराबाट नयाँ उत्पादन सार्वजनिक गरिएको बताए। मार्केटिङ इन्चार्ज सुरज उपाध्यायले कम्पनीले गुणस्तरमा जोड दिएर नेपाली बजारमा स्थापित भएको बताए।

सस्तो र सर्वसुलभ मूल्यमा गुणस्तरको बिस्कुट उपलब्ध गराउँदै आएकाले पनि यो कम्पनी सर्वप्रिय रहेको उनको भनाई छ । आफ्नो उत्पादनलाई बजारीकरण गर्न कम्पनीले पोखरामा आयोजित पोखरा प्रिमियर क्रिकेट लिगमा पनि विज्ञापन गरेको थियो भने सडक महोत्सवमा विशेष स्टल नै राखेको थियो ।

 

कमेन्ट गर्नुहोस्
Share: