कम्युनिस्ट पार्टीहरुबीच एकताको लहर जारी- अध्यक्ष प्रचण्ड

Share:

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभाजित कम्युनिस्ट पार्टीहरुलाई एकताबद्ध हुन आह्वान गरेका छन् ।

नेकपाले धुम्रबराहस्थित पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पूर्वप्रधानमन्त्री दाहालले तत्कालीन नेकपा माओवादीबाट विभाजित भएका र अन्य कम्युनिस्ट पार्टीहरुलाई समय छँदै जतिसक्दो चाँडो पार्टी एकताबद्ध हुन आह्वान गरे ।

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका नेता मोहन कार्की ‘जीवन्त’ र नेत्री सीता कार्कीलाई पार्टीमा स्वागत गर्दै उनले भने, ‘साथीहरु अप्ठ्यारो नमानिकन एकतामा आउनुहोस्, हामी सबैको उद्देश्य समाजवाद हो, देशलाई समाजवादतर्फ लैजाने आधार तयार भएको छ, अब समाजवादी एकै ठाउँमा आउनुको विकल्प छैन, म समयमै एकीकृत हुन आग्रह गर्दछु ।’

अध्यक्ष दाहालले कम्युनिस्ट आन्दोलनको शुरुका चरणमा आन्तरिक र बाह्य कारणले विभाजन र एकताको प्रक्रिया चले पनि अहिले कम्युनिस्ट पार्टीहरुबीच एकताको लहर जारी रहेको भन्दै उनले अब कम्युनिस्टबीच एकताको विकल्प नरहेको बताए ।

कमेन्ट गर्नुहोस्
Share: