थ्रीडी आर्टसहितको नयाँ भवनमा ‘स्टेसन द फुड क्लब’, माघ १० गतेसम्म १० प्रतिशत छुट

Share:

पोखरा । पोखरामा गएको डेढ दशकदेखि संचालित ‘स्टेसन द फुड क्लब एण्ड ससेज पार्क’ ले नयाँ भवनबाट सेवा शुरू गरेको छ । पोखराको गैह्रापाटनमा माघ १ देखि नयाँ भवनमा सो रेष्टुरेन्ट संचालनमा आएको हो । फुड क्लब खाजाका पारखीमाझ पोखरामा निकै परिचित नाम हो । रेष्टुरेन्टमा माघ १० सम्म सबै परिकारमा १० प्रतिशत छुट दिइएको सञ्चालक आयुष श्रेष्ठले जानकारी दिए ।

केबल नयाँ परिकारका खाना मात्र नभई पोखराका खाजा पारखीले स्टेसनमा थ्रीडी कला पनि देख्न पाउनेछन् । चिप्लेढुगांमा स्ट्रिट फुडबाट सुरु भएको स्टेसनको यात्रामा थ्रीडी कलाले पोख्रेलीको मन जित्ने सञ्चालक आयुष श्रेष्ठको दाबी छ । नयाँ भवनका भित्ता आर्ट एक्जिविसनका रुपमा तयार पारिएको छ ।

                                                                              थ्रीडी आर्ट

१ करोड लगानीमा तयार पारिएको भवनका सबै भित्तामा थ्रीडी आर्ट देख्न पाइन्छ । ३ महिना लगाएर बनाइएको भवनको भुइँतलालाई स्ट्रिट फुडको झल्को दिने गरी तयार गरिएको छ । भित्तामा कोरिएको कलाले ग्राहकको मन लोभ्याउने सञ्चालक श्रेष्ठ बताउँछन् । त्यहाँ भएका सबै आर्ट हिमालय रोडिजका फर्स्ट रनरअप अनिमेश शाहीले बनाएका हुन् । रेष्टुरेन्टले एकैपटकमा २ सय ग्राहकलाई सेवा दिने सक्ने संचालक श्रेष्ठले बताए ।

के हो थ्रीडी आर्ट ?

थ्रीडी आर्ट भनेको प्राकृतिक वा काल्पनिक वस्तुको डिजिटल प्रतिनिधित्व हो । यसलाई तीन आयामहरु जस्तै उचाई, चौडाई, र गहिराईमा बनाउने गरिन्छ । यस प्रकारको कलाकृतिलाई डिजिटल शिल्पकारको रूपमा सोच्न सकिन्छ।

वस्तुको वरिपरि वा सर्कलमा बनाइएको फोटोहरूको शृंखला एक थ्रीडी मोडेलमा एकाक्रित हुन्छ। यसको विकास १८ औँ शताब्दीमा भएको मानिन्छ । यसको प्रवर्धन भने १९ औँ शताब्दीमा बेलायतमा सडकमा बनाउन थालिएपछि भएको हो । २ डाइमेन्सनल फोटो नै एक कोणबाट हेर्दा थ्री(डी जस्तो देखिए पनि त्यसलाई थ्री डी आर्ट मानिँदैन ।

कमेन्ट गर्नुहोस्
Share: