आन्तरिक पर्यटन प्रवर्धनका लागि रेबानले ‘बन्दीपुर फेस्ट’ आयोजना गर्ने

Share:

काठमाडौं । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल -रेबानले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न सहयोग पु¥याउने उद्देश्यले ‘रेबान–बन्दीपुर फेस्ट २०२०’ को आयोजना गर्ने भएको छ ।

रेबानले पर्यटकीय स्थल बन्दीपुरमा माघ १७ र १८ गते फेस्ट गर्न लागेको रेबानले जनाएको छ । पर्यटकीय गन्तव्य बन्दीपुरमा आन्तरिक पर्यटन प्रवद्र्धन पनि हुने र काठमाडौं, पोखरा, सौराहाका रेस्टुरेन्ट व्यवसायी र बन्दीपुरका पर्यटक व्यवसायीबीच सद्भाव बढाउने उद्देश्यले पनि बन्दीपुरमा सांस्कृतिक कार्यक्रमसहितको खाना महोत्सव आयोजना गर्न लागेको रेवानका अध्यक्ष अरनिको राजभण्डारीले जानकारी दिए ।

खाना तथा बस्नका लागि यो महोत्सवमा छुटको व्यवस्था समेत हुने रेबानले जानकारी गराएको छ ।

कमेन्ट गर्नुहोस्
Share: