तनहुँका नरबहादुर रानासहित २ नेपालीको दक्षिण कोरियामा मृत्यु

Share:

पोखरा। दक्षिण कोरियामा रोजगारीका लागि पुगेका २ नेपालीको मृत्यु भएको छ । रोजगारीका लागि पुगेका तनहुँका नरबहादुर राना र पाँचथरका विवेक राईको मृत्यु भएको हो।

तनहुँका रानाले औद्योगिक दुर्घटनामा परी ज्यान गुमाएको सियोलस्थित नेपाली दुतावासका श्रम कन्सुलर डिल्लीराम बास्तोलाले जानकारी दिए। उनको कम्पनीमा छिगेछा मर्मत गर्ने क्रममा दुर्घटनामा परी मृत्यु भएको बास्तोलाले बताए।

अविवाहित राना चार वर्ष १० महिनाको पहिलो कार्यकाल सकेर केही महिनाअघि मात्र कोरिया पुगेका थिए ।

यस्तै दक्षिण कोरिया, छल्लाबोक्दोस्थित एक बङ्गुर फार्ममा कार्यरत पाँचथरका राईले आत्महत्या गरेको खुलेको छ। साँझ खाना खाएर सुतेका राई अर्को दिन आफू कार्यरत फार्मभित्रै मृत फेला परेका थिए ।

अढाइ महिना पहिला कोरिया पुगेका राईले बेलाबेलामा आफू मानसिक तनावमा रहेको बताउने गरेको उनका साथीले जानकारी दिए । घटनाबारे कोरिया प्रहरीले अनुसन्धान गरिरहेको सिउलस्थित नेपाली राजदूतावासले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: