
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव पुनः सुरु भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार देशको पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव पर्ने देखिएको मौसमविदले बताएका छन् ।
सोमबार बेलुकीदेखि पानी पार्ने पश्चिमी न्यून चापीय प्रणाली फेरि सक्रिय हुने भएकाले पश्चिम नेपालको केही ठाउँमा पानी र हिउँ पर्ने सम्भावना रहेको जनाइएको छ ।
मङ्गलबारदेखि पश्चिमी भेगका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
सोमबार बेलुकी पानी पर्ने प्रणाली पश्चिममा आइपुग्नेछ भने मङ्गलबार दिउँसो मध्य हुँदै पूर्वसम्म नै फैलिने छ । तर यो प्रणाली यसअघिको जस्तो लगातार झरी पार्ने खालको भने नभएको मौसमविद्ले बताएका छन् ।
कमेन्ट गर्नुहोस्
