
काठमाडौं । गायिका आस्था राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। एक महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको आरोप उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उनी नातेदारसहित आज (सोमबार) बिहान टेकुस्थित महानगरीय प्रहरी परिसरको कार्यालयमा उपस्थित भएकी थिइन्। उनलाई त्यहीबाटै नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर टेकुका प्रहरी प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।
माघ ५ मा गायिका आस्थाविरुद्ध प्रकाउ पुर्जी जारी भएको थियो। विमानस्थलमा आस्थाले चेकजाँचका क्रममा महिला प्रहरी रमिता श्रेष्ठमाथि ‘अभद्र व्यवहार’ गरेको उजुरी परेको थियो। आस्थाले विमानस्थलमा आफूमाथि दुर्व्यवहार भएको माघ १ मा सामाजिक सञ्जाल फेसबुकमा लाइभ गरेकी थिइन्। त्यसको केहीबेरमा नै उनले भिडियो हटाएकी थिइन् ।
