सभामुखमा निर्वाचित सापकोटाविरुद्धको रिट निवेदनमाथि आज पेसी, सपथ पनि आजै

Share:

काठमाडौं । अग्नि सापकोटालाई सभामुख बनाउन थालिएको प्रकृया रोक्न आदेश माग्दै परेको रिट निवेदको पेसी आज तोकिएको छ।

न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासमा हिजो पेसी तोकिएको भएपनि सर्वोच्च अदालतकोे न्यायाधीश हुनुअघि सापकोटा विरुद्धकै अर्को मुद्दामा कानुन व्यवसायीको हैसियतले बहस गरेको हुनाले मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको थियो।

सभामुखका लागि प्रस्तावित उम्मेदवार सापकोटालाई सभामुखमा निर्वाचित नगर्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले यही माघ १० गते मुद्धा दायर गरेका थिए।

प्रतिनिधिसभा बैठकले भने नेता सापकोटालाई हिजो (आइतबार) नै सभामुख निर्वाचित गरिसकेको छ।

सभामुखमा निर्वाचित भएका सापकोटाले राष्ट्रपतिबाट आज नै सपथ लिने कार्यक्रम रहेको जनाइएको छ । बिहान ११ बजे राष्ट्रपति कार्यालयमा उनको सपथ ग्रहण समारोह हुने राष्ट्रपति कार्यालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: