एकैदिन पाँच सयले बढ्यो सुनको मूल्य, कति छ आज?

Share:

काठमाण्डाै – सुनको भाउ साेमबार तोलामा पाँच सय रुपैयाँ बढेको छ । सुन साेमबार तोलाको ७६ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आइतबार तोलामा ३ सय रुपैयाँ बढेको सुनको भाउ साेमबार तोलामा थप पाँच सय रुपैयाँ बढेको हो । यस्तै चाँदी आइतबार तोलामा पाँच रुपैयाँ बढेर तोलाको नाै सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: