
पोखरा। भारतले तेस्रो टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा न्युजिल्याण्डलाई सुपर ओभरमा पराजित गरेको छ। ह्यमिल्टनमा भएको खेलमा भारतले रोमान्चक बनेको खेलमा सुपर ओभरमा घरेलु टोलि न्युजिल्याण्डलाई हराएको हो।
सुपर ओभरमा न्युजिल्याण्डले १७ रन बनाएको थियो। उसका लागि केन विलियम्सनले ११ रन बनाए भने गप्तिलले ५ रन बनाए। १८ रनको लक्ष्य पच्छ्याएको भारतका लागी रोहित शर्माले १५ र लोकेश राहुलले ३ रन बनाए।
यसघि भारतले दिएको १ सय ८० रनको लक्ष्य पच्छाउने क्रममा न्युजिल्याण्ड १९.६ ओभरमा १७९ रन मात्र गराउन सक्यो। न्युजिल्याण्डका लागि कप्तान केन विलियम्सनले ४८ बलमा ९५ रनको आक्रामक पारि खेलेपनि टोलीलाई जित दिलाउन सकेनन्।
न्युजिल्याण्डका लागि मार्टिन गप्तिलले ३१ रन बनाउँदा रस टेलरले १७ रन बनाए। कोलिन मुन्रोले १४ रन बनाउन सके।
भारतका लागि सार्दुल ठाकुर र मोहम्मद शमिले २-२ विकेट लिंदा युज्बेन्दर चाहाल र जदेजाले १-१ विकेट लिए।
टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७९ रन बनायो ।
भारतको लागि रोहित शर्माले ६५ रनको अर्धशतकीय इनिङ्स खेले । २३ बलमा अर्धशतक बनाएका रोहितले ४४ बलमा ३ छक्का र ६ चौका प्रहार गरे । यस्तै कप्तान विराट कोहली ३८ रनमा आउट हुँदा लोकेश राहुलले २७ रन बनाए ।
न्युजिल्याण्डका हामीस बेन्नेटले ३ विकेट लिए।
