
स्याङ्जा । स्याङ्जामा कुवामा डुबेर एक पुरूषको मृत्यु भएको छ । पर्वत फलेवासका ४० वर्षीय भिम चापागाईको कुवामा डुब्दा ज्यान गएको हो ।
आँधिखोला गाउँपालिका–६ पातीखोला स्थित होमनाथ ढकालको घरमा गएका चापागाई नुहाउन जान्छु भनि ढकालको घर नजिकैको कुवामा गएका थिए। कुवामा गएका उनी नफर्किएपछि खोजतलास गर्दा डुबिरहेको अवस्थामा भेटिएका थिए ।
उपचारका लागि उनलाई जिल्ला अस्पताल स्याङ्जा लगिएको र त्यहीं उनको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जानकारी दिएको छ।
कमेन्ट गर्नुहोस्
