
पोखरा । पोखरामा बुधबार हल्का वर्षा भएको छ । दिनभर घाम लागेपनि साँझा ५ बजे पछि केहि समय वर्षा भएको हो । नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको र त्यही प्रणालीका कारण पोखरासहित आसपासका क्षेत्रमा पानि परेको हो।
बुधबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । पश्चिमी र मध्य भूभागका अधिकांश स्थान र पूर्वी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको मौसमविद्ले बताएका छन् ।
उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान::
माघ १६ गते (बिहीबार)
दिउँसो : देशको उच्च पहाडी र हिमाली भेगमा सामान्य बदली रहनेछ भने बाँकि भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य भू-भागका थोरै स्थानहरु र पश्चिमी भु-भागका १-२ स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का हिमपातको संभावना रहेको छ।
रातीः देशको पूर्वी भागमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकि भू-भागमा आंशिक बदली रहनेछ ।
माघ १७ गते (शुक्रबार)
दिउँसोः देशको पहाडी भेगमा आंशिक बदली रही मध्य र पूर्वी पहाडी भेगका एक-दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ भने बांकि भुभागमा सामान्यतया मौसम सफा रहनेछ ।
रातीः देशको पहाडी भेगमा आंशिक बदली रही मध्य र पूर्वी पहाडी भेगका एक-दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ भने बांकि भुभागमा सामान्यतया मौसम सफा रहनेछ ।
